डोमेन के हो ?

सामान्य रुपमा बुझ्ने हो भने डोमेन भनेको कुनै पनि वेबसाइट/ब्लग को नाम वा ठेगाना हो, जसले वेवसाईट/ब्लग लाई सजिलै खोज्न सहयोग गर्छ । जस्तै:- www.nabinsharma.com.npwww.ekantipur.comwww.doe.gov.npwww.news24nepal.tv आदि। डोमेनले तपाईकाे Host Server (जसमा तपाईकाे वेबसाइट/ब्लग Store हुन्छ ) काे IP Address लार्इ Point गर्छ र तपार्इले कुनै Browser बाट डाेमेन राख्नु भयाे उक्त डाेमेन IP Address मा परिर्वतन हुन्छ र तपार्इकाे Host Server बाट तपार्इकाे वेबसाइट/ब्लग खुल्ने गर्छ ।

डोमेन दर्ता गराउन शुल्क तिर्नु पर्ने हुन्छ तर कति कम्पनीले निशुल्क पनि उपलब्ध गराउने गर्छन। डोमेन एकपटक दर्ता गरे पछि सँधै भरिका लागि तपाईकै भइरहने भने हुदैन, तपाईले शुल्क बुझाए अनुसारको अवधिका लागि उक्त डोमेन तपाईको हुन्छ। डोमेनको शुल्क भने कम्पनी अनुसार फरक फरक हुने गर्छ।

एउटै नामका धेरै डोमेनहरु पनि हुन सक्छन्। जस्तै:- www.nabinsharma.com, www.nabinsharma.com.np, www.nabinsharma.info, www.nabinsharma.net आदि। यस्ता सयौँ डोमेनहरु एउटै नाम nabinsharma बाट बन्न सक्छन्, किनभने एउटै नाममा बेग्लै टिएलडी (नामको पछाडिको डट वा थोप्लो पछाडि आउँने शब्दहरु जस्तै कम, नेट, ओआरजी आदिलाई टप लेभल डोमेन वा टिएलडि भनिन्छ ) थपिएर अर्कै डोमेन बन्छ । त्यसैले nabinsharma मात्र डोमेन होइन।

डाेमेनका प्रकार :-

TLD – Top Level Domain

  • .Com (commercial)
  • .Net (Network)
  • .org (organization)
  • .gov (government)
  • .edu (educational) अादि Top Level Domain हुन् ।

CcTLD – Country code Top Level Domain

  • .Com.np (commercial)
  • .Net.np (Network)
  • .org.np (organization)
  • .gov.np (government)
  • .edu.np – (educational) etc. अादि Country code Top Level Domain हुन् । फरक फरक देशमा CcTLD फरक फरक हुन्छ । जस्तै :- .np(Nepal), .in(India), .Au(Australia), .Us(United state america) अादि ।

(नेपालमा CcTLD डाेमेन मर्कन्टार्इल कम्न्युकेशन प्रा.लि.ले निशुल्क उपलब्ध गराउँछ । )

Sub Domain Name

Sub Domain तपार्इकै Top Level Domain काे Part हाे । Top Level Domain लार्इ Divide गरेर Sub Domain बनाउन सकिन्छ । जस्तै :- nabinsharma.com.np मेराे Top Level Domain हाे, मैले यसलार्इ Divide गरेर blog.nabinsharma.com.np, travel.nabinsharma.com.np अादि Sub Domain बनाउन सक्छु । यसकाे लागि शुल्क तिर्न अावश्यक छैन ।

 


Home

ABOUT

PODCAST

BLOGS

GALLERY

Home

ABOUT

PODCAST

BLOGS

GALLERY