गजल : यो दिल दुखाउन आफन्तै आउँछन्

यो दिल दुखाउन आफन्तै आउँछन्
पिडामा मुस्कुराउन आफन्तै आउँछन्

स्वार्थि समाजको कुरा त के गर्नु र
दु:खमा रमाउन आफन्तै आउँछन्

सुखि बनेर त हेर्नुस् एकपटक
घर भत्काउन आफन्तै आउँछन्

धन सम्पत्तिको घमण्ड नगर्नुस् मित्र
चोर पठाउन आफन्तै आउँछन्

यो गजलकार त्यसै बौलाएकै होईन
पागल बनाउन आफन्तै आउँछन्

नाेट : २०७० सालतिर लेखेकाे गजल हाे याे ।


Home

ABOUT

PODCAST

BLOGS

GALLERY

Home

ABOUT

PODCAST

BLOGS

GALLERY