म को हुँ?

जिवनको २० औं बसन्त पार गरेको पनि बर्षौ भएछ, तर पनि म को हुँ चिन्नै सकिन, आफैले नचिनेको मान्छेलाई को भनेर चिनाँउ……
तर पनि सोच्ने गर्छु… मलाई चिन्ने केहि आधारहरु छन् कि……

नाम नविन :-
यस धर्तिमा पहिलो पटक पाईला टेकेको केहि दिनपछि पण्डित बाजेले नविन भनेर भनेछन् र पछि सबैले नविन नै भन्न थाले । तर के यो संसारमा नविन म मात्रै छु त ? नविन मेरो परिचय हो त ?
पक्कै होइन…. किनकि यो संसारमा नविन नाम गरेका धेरै छन् ।

मेरो जागीर (सव–ईन्जिनियर) :-
मेरो जागीर मेरो परिचय कसरि हुन सक्छ ? मजस्तै यो पेशा गर्ने लाखौं छन् यहाँ । के थाहा भोलि यो जागीर मैले नगर्न पनि सक्छु । निश्चत नै नभएको मेरो जागीर मेरो परिचय कसरि हुन सक्छ ??

तस्विरको म :-
यो पनि मेरो परिचय हुनै सक्दैन । म हिजो अर्कै देखिन्थे आज अर्कै देखिन्छु र भोलि अर्कै देखिनेछु । समयको परिवर्तनसँगै परिवर्तन हुने कुरा कसरि मेरो परिचय हुन सक्छ ।

त्यसो भए म को त
सजिलो उत्तर….. आफैले आफैलाई चिन्न नसकेको एक साधारण मान्छे ।
अब तपाईले मलाई कसरि चिन्ने प्रश्न आउला…, मलाई कसरि चिन्ने त्यो तपाईकै जिम्मा……
मलाई चिन्ने आधार जान्न मन लागे मलाइ सोसियल मिडियामा फलो गर्न सक्नुहुन्छ, वा सिधै [email protected] मा इमेल पनि गर्न सक्नुहुन्छ ।

सोसियल मिडिया प्रोफाइल:
Facebook : http://www.facebook.com/er.nabinsharma
Twitter : https://twitter.com/nabins_tweet
LinkedIn : http://np.linkedin.com/pub/nabin-sharma/aa/53a/657
Youtube : http://www.youtube.com/channel/UCnixPxMn53I3OOYfDJhODBQ

 


Home

ABOUT

PODCAST

BLOGS

GALLERY

Home

ABOUT

PODCAST

BLOGS

GALLERY